सन्धिखर्कमा सातौं हरिस्मृति दिवसको अवसरमा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न

सन्धिखर्क, अर्घाखाँची – सातौं हरिस्मृति दिवसको अवसर पारी सदरमुकाम सन्धिखर्कमा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

 

जिल्ला बालकल्याण समिति र भगवती उच्च मावि आयोजनामा सम्पन्न प्रतियोगितामा कविता वाचन गर्ने विद्यार्थीहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउन आग्रह गरेका थिए । विद्यार्थीहरुले िहंसाको सबैभन्दा बढी मारमा स-साना बालबालिकाहरु पर्ने गरेको भन्दै कविताका माध्यमबाट चिन्तासमेत जनाएका थिए ।

 

प्रतियोगितामा चन्द्रप्रभा मावि खाँचीकोटकी कल्पना न्यौपाने प्रथम ज्ञानप्रकाश मावि सल्लिकोटकी बिना श्रेष्ठ ितिर्तिय भगवती उच्च माविकी रीता भट्टराई तृतीय र युवावर्ष जनता रविचित्र मावि केशव मुखिया सान्त्वना भएका छन् ।

 

यसैबीच जिल्ला बालकल्याण समितिले हरिस्मृती दिवसको अवसर पारी २०६६ सालको कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कालिका ने.रा माविका छात्र अनिल खड्का र युवावर्ष रविचित्र माविका छात्रा चाँदनी न्यौपानेलाई नगद पुरस्कार प्रदान गरेको छ । साथै भगवती उच्च मावि शंखेटारीबाट कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा प्रथम हुने छात्रतर्फ बिष्णु मुखिया र छात्रातर्फ प्रतिभा भुसाललाई पनि पुरस्कृत गरिएको छ ।

 

कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले हरिस्मृती दिवसलाई जिल्लाभित्र मात्र सीमित नगरी केन्द्र र क्षेत्रस्तरमा समेत मनाइनुपर्नेमा जोड दिएका थिए । यसरी मन्तव्य राख्नेहरुमा निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्वासे महिला नेतृहरु पवित्रा पौडेल र यमुना भुसाल थिए ।

 

-रासस

 



अन्य समाचारहरु