भारतीय नौ सेनाका प्रवक्ताले हिजो नयाँ दिल्लीमा बोल्दै भारतीय नौ सेनाका चिफ अफ जनरल स्टाफ निर्मल बर्माले हिजै नयाँ दिल्लीबाट इण्डोनेशियाको चार दिने भ्रमण गर्न जाकर्तातर्फ प्रस्थान गर्नुभएको जानकारी दिनुभयो। जनरल बर्माले यस भ्रमण अवधिमा भारत तथा इण्डोनेशियाबीच समुद्री सुरक्षा तथा समुद्री डाकू विरोधी आपसी सहयोग मजबुत पारिने आदि विषयबारे विचार-विमर्श गर्नुहुने कार्यक्रम रहेको छ।
भारतीय नौ सेनाका प्रवक्ताका अनुसार, जनरल बर्माले भ्रमण अवधिमा इण्डोनेशियाली सेना पक्षसँग विस्तृत रुपमा सम्पर्क राख्नुका साथै विभिन्न वार्ता पनि गर्नुहुनेछ। साथै उहाँले इण्डोनेशियाका रक्षा-मन्त्रीलगायत इण्डोनेशियाको रक्षा मन्त्रालय तथा सेनाका उच्च तहका नेताहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम पनि छ।