अफगान पुनःनिर्माणका लागि अमेरिकी मुख्य प्रशासक श्री अर्नोल्ड फिल्डले हिजो सोमाबार आफ्नो पदबाट राजिनामा दिनुभएको ह्वाइटहाउसले जनाएको छ। एकदिन अघिमात्र उहाँले आफ्ना दुई सहायकलाई हटाउनुभएको थियो।
ह्वाइट हाउसले हालै जनाएअनुसार, अफगान पुनःनिर्माणका मुख्य प्रशासक तथा विशिष्ट निरीक्षक जनरल श्री आर्नोल्ड फिल्डको राजिनामा-पत्र अमेरिकी राष्ट्रपति श्री बाराक ओबामाले प्राप्त गरि सक्नुभएको छ।
श्री आर्नोल्ड फिल्डले अफ्गानिस्तानका लागि अमेरिकी सहायता कार्यक्रममा व्यापक भ्रष्टाचार गरेको भनी अमेरिकी कङ्ग्रेसमा चर्को आलोचना भएको र त्यस लगत्तै उहाँले आर्थिक दुरुपयोग रोक्न भनी आफ्ना दुई सहायकलाई पदबाट हटाउनुभएको थियो।