अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। बहत्तर जना हराइरहेका छन्।
क्विन्सल्याण्ड राज्यका अधिकारीले बाढीका कारण प्रान्तीय राजधानी ब्रिसबेनबाट उत्तरमा पर्ने टुबुम्बा सहर बढी प्रभावित बनेको बताएका छन्। बाढीको पानी एक्कासी सहर प्रवेश गर्दा मानिसहरुले आफ्नो सुरक्षा गर्न नसकेको बताइएको छ। बाढीमा फसेका सयांै मानिसलाई सुरक्षित निकाल्न उद्धारकर्मीले कसरत गरिरहेका छन्। यद्यपी, लगातारको वर्षा र खराव मौसमका कारण उद्दारमा कठिनाइ भइरहेको छ।
क्विन्सल्याण्ड लगायत उत्तर पूर्वी अष्ट्रेलियामा गत महिनादेखि सुरु भएको बाढीका कारण अरवौ डलरको क्षति भइसकेको छ। बाढीले लाखौ हेक्टर भूमिमा लगाइएको बाली पनि नष्ट गरेको छ। मौसमविद्हरुले क्विन्सल्या48ड क्षेत्रमा अझ धेरै वर्षाको पूर्वानुमान गरेपछि त्यहाँका मानिसमा त्रास बढेको छ।