पोखरा – प्राप्त समाचार अनुसार प्रधानमन्त्री माधवकुमार नेपाल गत आइतबार पोखरा आउँदा पूर्व राजपरिवारका सदस्य बस्ने गरेको रत्नमन्दिर र हेमागृहको अवलोकन गरेको दृश्य क्यामेराबाट त्यहाँ सुरक्षाकर्मीले मेटाइदिएकामा राष्ट्रिय फोटो पत्रकार समूह कास्कीले आपत्ति प्रकट गरेको छ ।
मुलुककै कार्यकारी प्रमुखले गरेको अवलोकन भ्रमणको दृश्य खिच्नु कुनै कानुनी मर्यादा विपरीत नभएको र जनतालाई सुसूचित गराउने उद्देश्यले व्यावसायिक पत्रकारद्वारा खिचिएको दृश्य मेटाइनाले जनताको सूचनाको हकको ठाडै उपहार गरेको ठहर संस्थाले गरेको छ ।
आगामी दिनमा यस्ता गतिविधिका बारेमा निर्बाधरुपमा सूचना सङ्कलन गर्ने वातावरण सिर्जना गरिदिन पनि सम्बन्धित पक्षसँग अनुरोध गरिएको संस्थाका अध्यक्ष कृष्णमणि बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
इमेज च्यानलका पोखरास्थित सम्वाददाता प्रदीप पौडेलले खिचेको दृश्य सो दिन सुरक्षाकर्मीले क्यामराबाट मेटाइदिएका थिए ।