देउखुरी – दाङबाट प्राप्त समाचार अनुसार राप्ती नदीमा डुबेर देउखुरीमा मंगलबार एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची जलुके गाविस वडा नं – ५ लाहापे निवासी टेकबहादुर सुनारकी ६५ वर्षिया श्रीमती ठगी सुनारको राप्ती नदीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
बिहान लालमटियाको मसुरीयँस्थित आफ्नै छोरीको घरमा आउने क्रममा नदी तर्दै गर्दा उनलाई बगाएको थियो । प्रहरीले भालुवाङस्थित राप्ती नदीकॊ पुलमुनि सुनारको शव फेला पारेको थियो ।
सुनारको शवलाई पोष्र्टमार्टमका लागि लमही प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।