सही दिन्छु जती दिन्छ्यौ देऊ चोट



– भीम बहादुर बस्नेत
अर्घाखाँची,
 नेपाल
हाल दोहा कतार


—————————————-


ब्यार्थै  मलाई  झुठो  आरोप  नलगाउ

म  मर्न  तयार  छु  बरु  मेरो  घांटी  रेट
निस्ठुरी  बनी  जती  सताउछ्यौ   सताउ
सही  दिन्छु  जती  दिन्छ्यौ  देऊ   चोट


*******      ********      *******


चन्द्रमा मा  दाग  लागे झैँ  दाग  नलगाउ

मेरो इज्यतमा,एक्कासी तिमीमा आयो कुन मोड
ढुकुरको  जस्तै  जोडी  हाम्रो  बिजोडी  नबनाऊ
संगै  जिउने  संगै  मर्ने  थियो  हाम्रो   अठोट


********     *********      *******


फुल्नै  नपाई  पिरतीका   फूलहरुलाई
कसरी सक्छ्यौ उखेल्न,कोपिलामै ननिमोठ
जानी  नजानी  भए, गरेका  भुलहरुलाई
सजिलै भन्यौ अरुलाई,कत्ति थर्थरायनन ती ओठ


*********      *********       ********


तिम्रो  आँखाको  नजरमा  भर्म  हुन  सक्छ
निर्दोषीलाई  दोष  दिई  किन  हुन्छ्यौ  क्रोध
आत्मलाई नजलाउ शंकाले,खरानी हुन सक्छ
अतीतलाई  अंगाली  आफुले  आफैलाई  सोध