भारतद्बारा आउने वर्षमा दक्षिण ध्रुवमा तेस्रो अध्ययन स्टेशनको प्रयोग शुरु गरिने

भारतले दक्षिण ध्रुवमा निर्माण गरिरहेको तेस्रो आधुनिक बैज्ञानिक अध्ययन स्टेशन आउने वर्षको अन्तअघि प्रयोगमा ल्याउने भारत सरकारले हिजो जनाएको छ।

          थाहा भए अनुसार, सन् 2008मा निर्माण शुरु भएको उक्त स्टेशन लगभग साट्ठी प्रतिशत पूरा भइसकेको र सन् 2012को अन्तअघि प्रयोगमा ल्याउने योजना रहेको छ। साथै पच्चीस भारतीय बैज्ञानिक तथा दश सामान्य कर्मचारीबाट उक्त स्टेशनमा अध्ययन शुरु गर्ने छन।

          सन् 1983मा भारतले दक्षिण ध्रुवमा पहिलो बैज्ञानिक अध्ययन स्टेशनको निर्माण गरेको थियो र सन् 1988मा दोस्रो स्टेशनको निर्माण गरिएको थियो। यसका अतिरिक्त, भारतले सन् 2008मा उत्तर ध्रुवमा बैज्ञानिक अध्ययन स्टेशनको निर्माण गरेको थियो।