लगातार पानी परेका कारण श्रीलंकाको पूर्वी तथा मध्य भागमा बाढीको प्रकोप हाल गम्भीर भइरहेको छ। संयुक्त राष्ट्र संघका केही संस्थाले तत्स्थान गएर उद्धार कार्य थालिसकेका छन्।
श्रीलंकाको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीको जानकारीअनुसार, सो बाढी प्रकोपबाट दश लाखभन्दा बढी प्रभावित हुनुका साथै एकाईस जनाको मृत्यु भएको छ। साथै अधिक भवन तथा कृषि भूमि ध्वस्त भएको छ।
हिजो संयुक्त राष्ट्र संघको अन्नबाली योजना कार्यालयका पदाधिकारीले राष्ट्र संघले प्रकोपग्रस्त एक लाख सत्तरी हजार जनालाई खानेकुरा प्रदान गरेको छ भने निकट समयमा यो संख्या बढेर चार लाख बीस हजारमा पुग्ने कुरा व्यक्त गर्नुभएको छ। यसबाहेक संयुक्त राष्ट्र संघ बाल कोष तथा विश्व स्वास्थ्य संगठनले खाने सफा पानी, औषधि, पाल आदि सामग्री तथा सहयोगात्मक चिकित्सा दिएको छ।