सन्धिर्खकबाट माघे सङ्क्रान्तिको मेला हेरी र्फकर्ने क्रममा एमालेका कार्यकताद्धारा बागीका माओवादी कार्यकतामाथि कुटपिट गरेको आरोप

बागी, अर्घाखाँची – प्राप्त पछिल्लो समाचार अनुसार नेकपा (एमाले)का कार्यकताले बागीका आफ्ना कार्यकतालाई कुटपिट गरी घाइते बनाएको एकीकृत नेकपा माओवादीले आरोप लगाएको छ ।


सन्धिर्खकबाट माघे सङ्क्रान्तिको मेला हेरी र्फकर्ने क्रममा शनिबार साँझ ८ बजेतिर अर्घाको अग्लाटारीमा एमालेका अर्घा गाविसका निवर्तमान अध्यक्ष मेघबहादुर कार्की र निजका छोरा विशाल कार्कीको समूहले आफ्ना कार्यकतालाई मरणासन्न हुने गरी कुटपिट गरेको माओवादी बागी गाउँ कमिटी र अखिल क्रान्तिकारी जिल्ला समितिद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


शान्ति उच्च मावि मूल इकाइ समितिका उपाध्यक्ष लक्ष्मण पाण्डे, क्रान्तिकारीका पूर्व जिल्ला कमिटी सदस्य चन्द्रबहादुर पाण्डे र पार्टी सदस्य गुप्त खड्कालाई बिना कारण कुटपिट गरिएको विज्ञप्तिमा भनिएको छ ।


यता नेकपा -एमाले) अर्घाखाँचीका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेले माओवादी समर्थित दुईजना रक्सीसेवन गरी आपसमा झगडा गरेको अवस्थामा मेघबहादुले छुट्टाउन खोजेको कुरालाई तोडमोड गरी घटनालाई राजनीतिकरण गरेको बताएका छन।


उनले आफ्ना कार्यकताको कुनै दोष नभएको दाबीसमेत गरे ।


यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटना संलग्न विशाल कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको र अन्यलाई खोजी गरिरहेका बताएको छ ।


घाइते तीनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।



अन्य समाचारहरु