रुकुममा १९ वर्षीया एक विवाहिता महिला छिमेकीबाटै बलात्कृत

रुकुम – प्राप्त समाचार अनुसार  दक्षिणी रुकुमको खारा-७ की एक विवाहिता महिला छिमेकीबाटै बलात्कृत भएकी छन्।

 

बलात्कारपछि छिमेकी चन्द्रबहादुर दमाई फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

शुक्रबार घरमै छोरासँग बसिरहेको अवस्थामा १९ वर्षीया महिलामाथि बलात्कार र पीडितहरु शनिबार मात्र सदरमुकाम आएको प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताए।