सुडानमा सम्पन्न जनमत संग्रहको नतिजा आउन सुरु, दक्षिणी सुडान छुट्टै राष्ट्र बन्ने संकेत

Sudanese-Canadians (from left) Godwin Abbe, Yol Leuth, and Adhiero Omot point to the city of Juba, the capital of what will likely become the world's newest country if the southern Sudan independence referendum, which wrapped up on Saturday, results in secession. Thirteen-year-old Odhiang Odhiang (second from right) holds the atlas. Times-Herald photo by Myles Fishसुडानमा शनिवार सम्पन्न जनमत संग्रहले दक्षिण सुडानलाई छुट्टै स्वाधिन राज्यको रुपमा स्थापित गर्ने संकेत दिएको छ। मतगणनाको जारी प्रारम्भिक नतिजाले यस्तो संकेत दिएको हो।


दक्षिण सुडानलाई छुट्टै स्वाधिन राज्यको रुपमा स्थापित गर्ने वा  एकीकृत राख्ने भन्ने निर्णय गर्न जनवरी नौ देखि पन्ध्र तारिक सम्म जनमतसंग्रह भएको थियो। जनमतसंग्रहमा अधिकांस मतदाताहरुले देश टुक्राउने पक्षमा मतदान गरेको प्रारम्भिक संकेत मिलेको छ। जनमतसङ्ग्रहको अन्तिम नतिजा भने आगामी फेब्रुअरीमा आउने छ। एक साता लामो जनमतसंग्रह दुइ दशक लामो गृहयुद्ध अन्त्य गर्दै उत्तर र दक्षिण सुडान बीच सन् दुइ हजार पाँचमा जनमतसंग्रह गर्ने बृहद शान्ति सम्झौतामा एक पाटो हो। जनमतसंग्रहले बैधता पाउनका लागि आवस्यक साठी प्रतिशत मत मतदान शुरु भएको चोथौ दिन मै खसेको थियो। दक्षिण सुडानी जनमतसंग्रहका आयुक्त मोहमद इब्राहिम खालिलले असी प्रतिशत भन्दा बढी मतदाताले मतदानमा भाग लिएको बताएका छन्।

 

आयुक्त खालिलले अर्न्तराष्ट्रिय मापद48ड अनुरुप जनमतसंग्रह सम्पन्न भएको बताएका छन्। स्वाधिन राज्य स्थापित भएमा दक्षिण सुडानको भावि राजधानी जूबा शहर हुने बताइएको छ। प्रारम्भिक मत सर्वेक्षणका अनुसार छयानब्बे प्रतिशत मतदाताहरु स्व्ााधिन राज्यको पक्षमा रहेको बताइएको छ। मतदानको पर्यवेक्षण गरेका अन्तराष्ट्रिय पर्यवेक्षकहरुले चुनावी प्रक्रिया निष्पक्ष र धाधली रहित भएको बताएका छन्। मतदान प्रक्रिया जारी रहेको समयमा केहि स्थानमा हिसांत्मक आक्रमणका घटनामा पनि भएका थिए। संयुक्त राष्ट्र संघका महासचिब बान कि मूनले मतदानको समयावधी भर सुडानी मतदाताहरुले प्रदर्शन गरेको धैर्यता, शान्त र वुद्धिमत्ताको प्रशंसा गरेका छन्।

 

महासचिब बानलेे जनमतसंग्रहको अन्तिम नतिजा नआउञ्जेल दक्षिण सुडानी जनताले धैर्यता र संमयता कायम राख्नुपर्ने बताएका छन्। सुडानका राष्ट्रपति तथा नेशनल कंग्रेस पार्टीका बरिष्ठ नेता ओमार अल बसिरले यस अघि नै जनमतसंग्रहले छुट्टै राज्य स्थापित गर्ने निर्णय गरे त्यसलाइ उत्तर सुडानले स्वीकार गर्ने प्रतिबद्धता जाहेर गरिसकेका छन्।।