पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा एक बसमा विष्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। विष्फोट खाइबर पाखतुन्ख्वा प्रान्तको हांगु जिल्लामा भएको हो। बसमा १८ जना यात्रु रहेका थिए।
यद्यपी बसमा बम विस्फोट भएको हो वा बसको ग्यास सिलि48डर पड्केको भन्ने चाहीँ स्पष्ट हुन सकेको छैन। सो क्षेत्रमा पेट्रोलभन्दा ग्यास सस्तो पर्ने भएकाले अधिकांश सवारी साधन ग्यासबाट चलाउने गरिन्छ।