रुस र इरानमा इरानको आणविक समस्याको समाधानबारे मतैक्य प्राप्त

रुसका राष्ट्रपति श्री मेदवेदेभ र इरानका राष्ट्रपति श्री महमद अहमेदि नेजादबीच हिजो सत्र तारिखका दिन टेलिफोटन वार्ता भई इरानको आणविक समस्याको समाधानबारे मतैक्य प्राप्त भएको छ।

      थाहा भएअनुसार दुई पक्षले टेलिफोटन वार्तामार्फत हालको रुस तथा इरानको वर्तमान सम्बन्धको विकासबारे वैचारिक आदान-प्रदान गरेका छन्।

      सो अवसरमा उहाँहरुले दुई मुलुकबीच विभिन्न क्षेत्रको सहयोगको विकास गर्ने विशेष गरी आणविक क्षेत्रको सहयोगलाई सबल पार्ने कुरामा जोड दिनुभएको छ।