मानवअधिकारको क्षेत्रमा चीनले धेरै काम गर्न बाँकी रहेको चिनियाँ राष्ट्रपति हू जिन्ताओद्वारा स्वीरकार


 

अमेरिका भ्रमणमा रहेका चिनिया राष्ट्रपति हू जिन्ताओले राष्ट्रपति बाराक ओबामासँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चीनले  मानवअधिकारका क्षेत्रमा धेरै थोक गर्न बाँकि रहेको बताएका छन्।

 

उनले अमेरिकासँग मिलेर अघि बढ्न चाहेको उल्लेख गर्दै आफ्ना आन्तारिक समस्या समाधानका लागि चीन सक्षम रहेको दावी पनि गरेका छन्। संयुक्त पत्रकार सम्मेलनमा ओबामाले चीनको मानवअधिकार हनन्को घटनाले विश्व समुदायको ध्यान आकृष्ट भएको उल्लेख गरेका छन्।

 

उनले राष्ट्रपति हुजिन्ताओ समक्ष मानवअधिकारमा सुधार ल्याउन आग्रह गरेको बताइएको छ। हू मुद्रा र ब्यापारसम्बन्धी गतिरोध अन्त्य गर्ने उद्देेश्यले अमेरिकाको भ्रमणमा रहेका छन्। ४ दिने अमेरिका बसाइका क्रममा दुबै मुलुकबीचको गतिरोधबाहेक अन्य क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाबारे पनि छलफल गर्ने बताइएको छ।