काठमाडौं – इराकको कारबालामा बिहीबार साँझ भएको दुई कारबम विष्फोटमा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । विष्फोटमा १ सय ३० भन्दा बढी घाइते भएको जनाइएको छ ।
सिया मुस्लिम धर्मावलम्बीहरुले प्रयोग गर्ने बाटोमा उक्त विष्फोट भएको हो । उनीहरु आफ्नो पवित्र पर्व अरबीन मनाउँदै थिए ।
इराकको बकुवा शहरमा यसअघि भएको आत्मघाती विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । इराकमा केही दिनयता हिंसाका घटनामा कमी आएपनि हमला भने रोकिएको छैन ।