देशको माटो (गजल)


– माइनस प्लस संग्रौला

गरामनी -६ झापा हाल दुवई

 

ढुंगा रोयो पानी रोयो रोयो देशको माटो

एउटै मा का सन्तान हामी किन यत्रो फाटो

 

कोही रोज्छन् पहाड जंगल कोहि यो दरवार

बिराउदै छन् आफ्नै सन्तान अलग-अलग बाटो

 

इशारामा चल्दै अनि जनतालाई मास्दै

मरी दिए हुन्थ्यो बरु आफ्नै देशको साटो

 

हजारौं छन् बिदुवा टुहुरा हजारौ घाइते

अव पुन नवल्झाउ पुरानो खाटो ।

 

प्रवासमा दुई फुल; गजल संग्रहबाट