आकासबाट खस्यो युवकको शवलाहोर ७ माघ वीवीसीरु पाकिस्तानको लाहोरमा एक घरको छतमा पाइएको लाश अहिले पाकिस्तानी प्रहरी तथा अन्य अधिकारीहरुको लागि टाउको दुखाइको विषय बनेको छ ।
स्थानीय वासिन्दाका अनुसार सो लाश करीब एक साता अगाडि आकासबाट छतमा झरेको थियो । मृतकको परिचय खुलेको भएपनि मृतकको लाश आकासबाट कसरी खस्यो भन्ने बारेमा केहि पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार शव एयरपोर्ट नजिकैको एक घरको छतमा खसेको थियो । शव जोडले खस्दा घरको छतमा प्वाल समेत परेको छ । प्रहरी तथा स्थानीय वासिन्दाले शव हवाईजहाजबाट खसेको बताएका छन् ।
शव १६ वर्षीय युवक महमद क्रासिमको भएको पुष्टि भएको छ तर विद्यालय गएका क्रासिम कसरी मृत अवस्थामा अर्कैको छतमा भेटिए भन्ने कुरा रहस्यकै विषय बनेको छ । क्रासिमका बुवा मोहम्मद रफीक भन्छन्रु रुमेरो छोराको शव हवाईजहाजबाट खसेको देखिन्छ तर मलाई थाहा छैन उ हवाईजहाजसम्म कसरी पुग्यो अनी जहाजमा कसरी चढ्यो कहाँ बस्यो अनी कसरी खस्यो ।
मोहम्मद रफीकले उनको छोरासँगै छोराको साथी उमर जमशेद पनिसँगै विद्यालय गएको बताउँछन् । उनका अनुसार ती दुवै जनाको कपडा तथा किताब एयरपोर्टको रनवेमा पाइएको छ । उमर जमशेद कहाँ छन् भन्ने थाहा हुन सकेको छैन । प्रहरीले जमशेदलाई खोजीरहेको बताएको छ ।
भनिन्छ पाकिस्तानका केही मानिसहरु रोजगारीको लागि विदेश जान किसिम किसिमका तरीका अपनाउँछन् जसमध्ये जहाजको चक्कामाथि चढेर यात्रा गर्नेहरु पनि पाइएका छन् तर रफीकले उनको छोराले कहिले पनि विदेश जाने इच्छा नराखेको दावी गर्छन् ।
प्रहरीले महमद क्रासिमका कपडा तथा स्कुल व्याग एयरपोर्टको रनवेमा कसरी भेटिए तथा उनी जहाजबाट खसेका हुन् भने जहाजसम्म कसरी पुगे भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।