प्रवासमा रहेर लेखिएको साहित्यलाई प्रवासी साहित्य भन्ने कि? डायस्पोरिक? यो साहित्यको बहसको बिषय हो।यदी डायस्पोरिक भनिने हो भने पनि अहिले शुरु भएको होईन-मुना मदनको महत्ता सँगजोडेर नेपाली डायस्पोरिक सहित्यको चर्चा परिचर्चा हुनुपर्छ।त्यसोत नेपाली बिदेशिने क्रमको थालनी जबदेखि भयो तबबाट डायस्पोरिक जीवनको शुरुवात भएको मान्नुपर्छ। त्यसो हो भने ब्रिटिस गोर्खा भर्ति सँगै नेपाली डायस्पोरिक जीवनको आरम्भ भएको मान्नुपर्छ।
नेपाली डायस्पोरिक साहित्यमा भारतीय नेपालीहरुको सर्वथा ठुलो योगदान रहदै आएको छ।यिनको नेपाली साहित्यमा जति चर्चा गरेपनि कमै हुन जान्छ।
विश्वमा छरिएर रहेका नेपाली डायस्पोरिक साहित्यका सन्दर्भमा बेलायत आजभोली चर्चाको केन्द्रमा रहदै आएको छ। विश्वासदिप तिगेला,रक्ष राई,टङ्क बनेम,मिजास लेम्बे,जगत नवोदित,सुरेशजंग शाह,काङभाङ नरेश,दया कृष्ण राई, गणेश राई,मुकुल दाहाल,कुमार ईस्बो,देवेन्द्र खैरेस,लगाएतका सिर्जनाहरुले बेलायती नेपाली साहित्यको प्रतिनिधित्व गर्दै आएका छन्।त्यसोत भयवादिय दृष्टिकोण सहित आफ्नो अस्तित्वमा देश सुब्बा सिङ्गो प्रतिनिधि हस्ताक्षर सहित अर्कातिर उभिएकाछन् नै। र अन्य स्रष्टाहरु पनि आ-आफ्ना अस्तित्वमा रहदै आएका छन्।
नेपाली डायस्पोरिक साहित्यका सन्दर्भमा बेलायतपछि दोस्रो चर्चाको केन्द्र खाडी मुलुक हुदै आएको छ।खाडी मुलुकमा पनि यूएई साहित्यिक गतिबिधी प्रकाशन र गोष्ठीका हिसाबले चर्चा परिचर्चाको अर्को थलो बन्दै आईरहेको छ।उमेश राई घायल,मधुवन प्रसाद पौडेल,प्रकाश थाम्सुहाङ,तारा बलाल स्तार,चन्द्र तामाङ,जैकी मोजाहु,शान्तराम थापा,लेक तामाङ,दीप शुब्बा,समदर्शी काईला,टेक थजाली,ऋशिसेश,निमेश गिरी,भानु दुलाल,लोकेन्द्र बन्जारा,दिनेश आचार्य मण्डु, चेतन कार्की,मिन रानाभात,सालीकराम पन्ठ,लोक सुबेधी हस्ती,लक्ष्मण सापकोटा,दलबीर सिङ बराईली घायल मीलन कुमार मगर(मिलनमा),माईनस प्लस सँग्रौला,बिक्रम शिशिर,लगाएतका श्रीजनाहरुले खाडी मुलुक यूएईका नेपाली साहित्यको प्रतिनिधित्व गर्दै आएका छन्।यसै सन्दर्भमा आफ्नो बेग्लै अस्तित्व सहित प्रतिनिधि कलम बोकेर पुस्तकार रुपमा देखिएका सर्जक हुन् लिल बहादुर गुरुङ तमु।
उनले ३०० पेज भन्दा ठुलो किताबनै लेखेका छन्।त्यो पनि बिदेशमा बिताएका दु:ख शुखकै सन्दर्भमा।अझ भनौ आफ्नै जीवनी लेखेका छन् अथार्त आत्म ब्रितान्त लेखेका छन्।त्यसैले उनलाई पनि यूएईका प्रतिनिधि हस्ताक्षरका रुपमा लिदा फरक नपर्ला भन्ने लागेको छ। त्यसोत अन्य स्रष्टाहरु पनि आ-आफ्नो अस्तित्वमा रहदै आएका छन् नै। यो समिक्षाको मुल केन्द्र लील बहादुर गुरुङको मेरो कथा मेरो संघर्ष भएकोले डायस्पोरिक सन्दर्भ र डायस्पोरिक सन्दर्भमा यूएईका सर्जकहरुका बारेमा छुट्टै लेखमा लेख्नु सान्दर्भिक ठहर्ने हुनाले म लील बहादुर र उनकै कृतिकै सन्दर्भतिर एकोरिन्छु।
केही समय अघि अबुधावीमा अन्तरराष्ट्रिय साहित्य समाज यूएई शाखाले १९७ औं भानु जयन्ती मनायो त्यहाँ म निर्णायकको रुपमा कविता र कविको जाँचकी भएको थिएँ। हुनत म कविताको प्रतियोगीता हुदैन भन्ने मान्यता बोकेको मान्छे हुँ।किनकी न यो कहिल्यै हारेको छ नत जितेकोनै। र मनको जोख्ने तराजु पनि ठ्याक्कै बनेकै छैन।तै पनि कविताका केही मान्यता छन् र भत्किदै पनि बनेका छन्-ति भित्र रहेर कविताका रस लिएँथे त्यहाँ लील बहादुर झुलुक्क झुल्केथे। त्यती राम्रो परिचय बनेन पछि देवकोटा एवं नारायण गोपाल जन्म जयन्ती समारोह दुबईमा भएथ्यो,त्यहाँपनि लिल बहादुर झुल्किए ।हात मिलाउनु साहित्यको नाताले एउटा परिचय हो।जस्तोकी मेरो नाम फलानो भन्नु जस्तै । महाकवी देवकोटा र नारायण गोपालको बारेमा केही मन्तब्य सहित एउटा कविता सुनाएँथे कविता सिध्याए पछी यिनले मलाई प्रतिक्रिया दिएथे-हाम्रो जीवन पनि तपाईको कविता जस्तै कवीतामा हुनु पर्योनी!मैले कुरा बुझिन मेरो ब्यवहार माथिको प्रश्न हो या अरुको? मलाई धेरै दिन सम्म खुल्दुली लागिरह्यो यिनले भन्न खोजेको के हो? जबकी म आफुलाई बोल्नु भन्दा ब्यवहारले कवीता बोलोस् वा आफै जीवन बोलोस् भन्ने मान्छे। यिनको नम्बर उमेश राई (परदेश पत्रिकाको सम्पादक)लाई पनि मागेको थिएँ।उनिसँग रहेनछ उनलाई भनेथेँ यिनले भन्न खोजेको के हो? निक्कै मिठो खुल्डुली छोडेर गए।
मैलेत बुझ्नै सकिन तर उनको ठेगाना पनि पाउन सकिन जबकी बुझौ उनी को रहेछन् उनको ब्यवहारीक के रहेछ। अली पछी क्यारीफोरको चौरमा भेट भयो-धेरै नेपाली दाजुभाई दिदीबहिनीहरु बसेको ठाउँमा ।मैले कुरो कोट्याए।तपाई सँग भेट्ने धोको थियो-मैलेत कुरै बुझिन के भन्न खोज्नु भएको थियो? उनले देश फर्किनु पर्ने कुरा सुनाए। देश फर्किदैमा कविता जस्तो ब्यवहारत हुदैन मेरै बिषयमा भनेका हुन् भने -मैले राजीनामा पनि दिएँर देश फर्किने दिन गन्दै थिएँ।अथार्त आलो काचो ठानेर अर्ति उपदेश दिएका हुन्। जे होस् उनको त्यो उत्साह मलाई सार्है मन पर्यो र मैले अन्तमा हिड्ने बेलामा पनि उनैलाई भनिदिए -नामको परिचय भन्दा पनि लील सर ब्यवहारको परिचय दिगो हुन्छ। उनले भनेका थिए म ब्यवहारको परिचय दिन चाहान्छु र कसैले ब्यवहार परिचय बारे दियोस् भन्ने कामना गर्छु। मैले त्यतीखेर पनि उनको ब्यवहारिक हुनुपर्यो भन्ने भुझ्नै सकिन यतिखेर यो बिचमा धेरै पटक फोनमा कुराकानी भएकाछन्। र पनि बुझ्न सकेको छैन तर जे होस म अर्को उत्साह र तर्कलाई सलाम गर्छु।र ब्यवहारको अचुक छडी के रहेछ दिगो रुपमा अनुभव गर्न चाहान्छु। त्यो भेटको बसाईमा अप्ठ्यारो गरि उनले एउँटा किताब थमाएंथे-र भनेथे किताबका बारेमा केही लेखिदीनु पर्यो। मैले मेरो जागीरे समय अली अप्ठ्यारो भएको र देश फर्केपछी लेखौला भनेको थिएँ।फेरी उनले फोन गरे मैले केही प्रतिक्रिया दिएँ तर लेखेरै दिनुपर्ने कुरा राखे मैले ठिकैछ मेरो राजिनामा स्वीकृत भएकोछ यो समयमा पास्पोर्ट हात लाग्न भिसा क्यान्सिल गर्नुपर्छ भनेथे एेले लेक्दैछु।
जीवनी वा आत्म व्रितान्त कस्ता मान्छेका लेखिन्छन् वा लेखिनुपर्छ ? महान वा बिशिष्ठ ब्यक्तीत्वका लेखिन्छन् भने यो महानता र बिशिष्ठ जीवनी वा आत्म व्रितान्त कस्ता मान्छेका लेखिन्छन् वा लेखिनुपर्छ ? बिशिष्ठ ब्यक्तीत्वका लेखिन्छन् भने यो महानता बिशिष्ठताको मापन केहो? उमेरको कुन उचाईमा पुगेको मान्छे महान ताको लागि तयार हुन्छ? अथवा कती उमेर पुगेपछि जीवनी वा आत्मा वितान्त लेखेहुन्छ? यस्ता बिषय गहन र चिन्तनशिल हुन सक्छन्। देखिदै आएको परम्पराको आधारमा भन्ने हो भने बिशिष्ठ महान समयले परिचय र प्रसिद्दीको उचाई छोएका व्यक्ती वा व्यक्तित्वका बारेमा कसैले र आफ्ना बारेमा आफैले पनि लेख्ने गरेको चलन छ ।सर्बसाधरणको आत्म कथा हुन सक्ला वा नसक्ला ? वा आत्म जीवनी सर्बसाधारणले लेखे आत्म बितान्त बन्ला या नबन्ला ? लील बहादुर गुरुङ चर्चाको शिखरमा पुगेका महान बिशिष्ठ ब्यक्तित्व नभएर गरीबीले प्रवासीन बाध्य नेपाली युवाहरुको प्रतिनिधि पात्र हो र उसले नौ- दश बर्ष प्रवासी जीवन बिताएको छ।
मुलुकै प्रवासीन बाध्य भुगोलको एउटा पात्र निकै चाख लाख्दो पात्र हो भन्ने लाग्छ मलाई किनभने त्यो पात्रका चरित्र घटना आञ्चलिकता,सम्बाद र कथा समाज सिँगो त्यो देशको परिचय पनि हो । फेरी हाम्रो बाजेको मुनामदनको पात्र मदनको पुनराब्रिति वा निरन्तरता भनेपनि हुन्छ। प्रवासीन बाध्य लाखौ लाख मदनहरुको प्रतिनिधि पात्र लील बहादुरले आफ्नो प्रवासी जीवनको युवाकालमै आत्म कथा लेख्नु हुन्थ्यो वा हुन्थेन त्यो बेग्लै बिषय होला नेपाली गुमनाम जीवन मर्ने लाखौं लाख मदनहरुको बिचमा म बचेँको छु है भने शन्देस मेरो कथा मेरो संघर्ष लेखेर लील बहादुरले दिन खोजेका छन्। यो किताब को सबैभन्दा लोभ लाग्दो पक्ष यो पनि हो। यो किताबलाई बिद्यागत रुपमा राखेर हेरिनु भन्दा प्रवासीन वाध्य नेपाली समाजका लाखौ लाख प्रतिनिधि पात्रको साहसिक प्रयास हो ठानिदिए पुग्छ। नेपाली समाजको सत्य लेख्ने लील बहादुरको आत्म कथालाई प्रवासी जीवनका सिङ्गो स्विकारी दिए हुन्छ। कतिपय बिषय बस्तु श्रीजनात्मक भएर पनि प्रवासीयकाहरुको साझा ठानिदिए हुन्छ।
लील बहादुर गुरुङ प्राकृतिक सुन्दरताको धनी कास्की जिल्लाको हंसपुर गावीस स्याक्लुङकोट डिट्ठा गाउँमा गुरुङ परिवारमा -जन्मिएका नेपाली हुन्। शिरमा हिमाल,मुटुमा ताल साँचेको गाँउ रमाईलो र सुन्दर छ। त्यो सुन्दर गाउँका गुरुङ लील बहादुर मीठो सास्कृतिक परम्परामा हुर्किएर लडीबुड&a