हार्दिक समवेदना !! हार्दिक समवेदना !! हार्दिक समवेदना !!
आयो टप्प टिपी लग्यो,मिति पुग्यो टारेर र्टर्दैन त्यो ।।
स्वर्गिय हजुरआमा:साबित्री देवी पाण्डे लाई भावपूर्ण श्रन्दान्जली
अर्घाखाँचीडट्कम् ( टाईम्स)का मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि तथा अर्घाखाँची टाईम्सका बिदेश बिभाग प्रमुख श्री उमाकान्त पाण्डे गाउले कि पुज्जनिय हजुरआमा (अर्घाखाँची जिल्ला तथा सम्भवत नेपालकै लागि जेष्ठ हजुरआमा ) साबित्री देवी पाण्डेको आफ्नै गृह जिल्ला अर्घाखाँची बल्कोट ३ साजबोट नेपालमा २०६७ माघ १० गते तदनुसार २३ जनवरी २०११ आइतबारका दिन ११० बर्षो उमेरमा देहावसान भएको खबरले सम्पूर्ण अर्घाखाँचीडट्कम परिवार स्तब्त भएको र हजुरआमाको मृत्युबाट शोकाकुल प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे एवं उहाको परिवारमा पर्न गएको यस दुखद् घडिमा हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना सहित शोक संतप्त परिवारलाई भगवानले धर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं।
– मेहर सिहं केसी
सस्थापक तथा प्रबन्ध निर्देशक
एवम
आफ्नी पुज्जनिय हजुरआमाको देहावसान पस्चात हाम्रा मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि तथा अर्घाखाँची टाईम्सका बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउले ले सामाजिक फेसबूक सन्जालमा राखेका शब्दभाबहरु : स्वर्गमा बास होश हजुरआमा हजुरको:हजुरआमा हजुरको आशिर्बाद लिन आउने आशा यही टुङगीयो,हाम्रो हजुरआमा लाई दैवले टपक्क चुडेर आज मिती २०६७ साल माघ १० गते देखी सदैका लागि लागेको छ।हजुर आमाको नजिकै रहेको त्यो थाली मा भएको अक्षता सुक्न नपाउदै पुग्ने मेरो गत ५ महिना अघीको वाचा आज देखी तुहियो हजुरआमा!अर्घाखाँची कै मात्र नभएर शंभवत नेपालकै जेष्ठ हजुरआमा तपाईं हामी सबैलाई छोडेर जानु भएको छ।सालाखाला हिसाब गर्दा ११० बर्षको उमेरमा यो धर्ती देखी बिदा लिनु भई परलोकमा जानु भएकी हाम्री हजुर आमाको मृत् आत्माले शान्ती पाओश।शिकिस्त बिरामी हुँदा खबर पाए पनि प्रयास गर्दा गर्दै यो बिदेशी भुमी बाट एक थोपा पानी खुवाउन पुग्न सकिन।हजुरको अन्तिम शास रहदा सम्म देख्ने इच्छा पुरा हुन सकेन,हजुर आमा हजुरले देखाएको गोरेटो अनी बाल्यकालमा दिएको शिक्षा लाई आत्म साथ गर्दै हजुरका बाँकी रहेका अधुरा सपना पुरा गर्ने वाचा गर्छु।हजुर आमाको आत्मले मलाई सराप नदिओश अन्तिम बखत सम्म पनि आएन भनेर,संसार देखी बिदा लिए पनि त्यो परलोकको अलौकिक संसारमा स्वर्गिय बास बसाउनु होला है।हजुरकै माइलो छोरा तर्फ देखीको माइलो नाती-उमाकान्त हजुरको अपभ्रसं नाम पप्पु,हजुर आमाको मृत्आत्मको चिर शान्तीको कामना गर्दै पुज्जनिय हजुरआमा हजुरको स्वर्गमा बास रहोश,भन्दै भाब पूर्ण श्रनाद्न्जली अर्पण गर्दछु।
Face Book:-
http://www.facebook.com/?ref=logo#!/photo.php?fbid=184879494868800&set=a.145782095445207.20726.100000402518306 .