अर्घाखाँची: सरकार गठनको जिम्मा राष्ट्रपतिलाई

– वीरेन्द्र केसी

 


सन्धिखर्क, अर्घाखाँची – संघीयताशाशकीय स्वरुप र भावी अर्ततन्त्रका बिषयमा अर्घाखाँचीका राजनीतिक दलका प्रतिनिधीहरुले फरक फरक धारणा व्यक्त गरेका छन् ।

 

रिपोटस्र क्लबले आयोजना गरेको संघीयता शाशकीय स्वरुप र भावी अर्थतन्त्रका बिषयमा जनता र नेताबीच गरेको प्रत्यक्षँ संम्वाद कार्यक्रममा बोल्ने दलका प्रतिनिधीहरुले संघीयताशाशकीय स्वरुप र भावी अर्थतन्त्रलाई आ आफ्नै तरीकाले व्याख्या र विश्लेषण गरे ।

 

कार्यक्रममा सर्वसाधारणको प्रश्नको जवाफ दिर्दै फर्व उद्योग मन्त्री एवं कागे्रस नेता ढुण्डीराज शास्त्रीले मुलुकलाई भौगोलिकका आधारमा पाँच राज्यमा बिभाजन गर्नु पर्ने बिचार व्यक्त गरे । संसदीय व्यवस्था भंगगरी अध्यक्षँतात्मक प्रणालीमा जानु पर्ने दावी गर्दै उनले भने संसदीय प्रणालीले देश बिकास हुन सकेन त्यसैले अध्यक्षँतात्मक प्रणालीमा जानुपर्छ । संसदलाई नीति निर्माणमा मात्रै केन्द्रितगरी सरकार गठन गर्ने जिम्मा राष्ट्रपतिलाई दिनु पर्ने शास्त्रीको भनाई छ । सरकारी निजी र सहकारी आर्थिक नीति असफल भईसकेको दाबी गर्दै शास्त्रीले जनतासम्म पहच पुग्नेगरी आर्थिक नीति निर्धारण गर्नु पर्ने बताए ।

 

राष्ट्रिय जनमोर्चा नेपालका महासचिव एवं पुर्व डिलाराम आचार्य र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले संघीयतामा गए देश टुक्रिने दाबी गरे । उनीहरुले आर्थिक बिकासकालागि सहकारी र कृषि क्षँेत्रको बिकासमा जोड दिए । माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्काले बिगतका शासकहरुले पिछडिएका जातीलाई उपेक्षु गरेको भन्दै उनीहरुलाई समान अधिकार प्रदान गर्नु जातीयताका आधारमा संघीयतामा जानु पर्ने जिकीर गरे ।

 

त्यसैगरी कांग्रेस सभापति कमलप्रसाद भुसाल र एमाले अध्यक्षँ रामजीप्रसाद घिमिरेले माओवादीले भने जस्तो जातीय राज्यले नेपाली बीचको भातृत्वको भावना नै खलबल्याउने भन्दै जातीयताका आधारमा नभई मुलुकलाई भौगोलिक आधारमा संघीय बनाउनुपर्ने बताए । उनीहरुले मुलुकलाई आर्थिक रुपले सम्पन्न बनाउन बिगतकै तीन खम्बे अर्थ नीतिलाई प्रभावकारी रुपले अघि बढाउनु पर्ने बिचार गरे ।

 

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधी उद्योग बाणिज्य सघका प्रतिनिधी नागरिक समाज र सर्वसाधारणहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता उपाध्यक्ष सहयोगी वीसीको स्वागत र सचिव वीरेन्द्र केसी सह सचिव गणेश खनाल र केन्द्रिय प्रतिनिधि गणेश आचार्यको संयुक्त सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।