मस्कोमा भएको विष्फोटमा उत्तरी ककेससका विद्रोही समूह र चेचन्या विद्रोहीको हात रहेको रुस सरकारको आरोप

रुसको राजधानी मस्कोस्थित अन्तरराष्ट्रिय विमानस्थलमा भएको विष्फोटको दोषी उत्तरी ककेसस क्षेत्रका सक्रिय विद्रोही समुह र चेचन्यामा रुस सरकारविरुद्ध संघर्षरत चेचन इस्लामिक गुरिल्ला रहेको अनुमान रुस सरकारले गरेको छ। मस्कोको अति ब्यस्त डोमोडेडोभो विमानस्थलमा भएको शक्तिशाली विष्फोटमा कम्तिमा ३५ जना मारिएका थिए भने एक सय भन्दा बढी घाइते भएका थिए।

 

रुसी अधिकारीहरुले विष्फोट आत्मघाती रहेको जनाएका छन्। राष्ट्रपति दिमित्री मेदभेदेभले विष्फोटमा दोषी रहेकाहरुलाइ सरकारले कडा कारवाही गर्ने बताएका छन्। रुसको गुप्तचर विभागले विष्फोटका सम्बन्धमा छानविन र अनुशन्धान तीब्र पारिएको बताएको छ।