काठमाडौं – अर्जेन्टिनाको बियोनस् आर्यसस्थित लग्जरी होटलको २३ तलास्थित छानाबाट खसे पनि एक युवती बाँचेकी छन् ।
उनी बज्रिएको कार भने क्षतिग्रस्त भएको जनाईएको छ । चालक भने त्यसको केही क्षण अघिमात्र कारबाट निस्किएका थिए ।
२३ तलाबाट खस्दा पनि बाँचेकी ती युवतीको परिचय खुलेको छैन । शरीरका विभिन्न भाग चोट लागेकी उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।