विश्व अर्थतन्त्र मञ्चको एकचालीसौं वार्षिक सम्मेलन स्वीजरल्याण्डको दाभोसमा सुरु

विश्व अर्थतन्त्र मञ्चको एकचालीसौं वार्षिक सम्मेलन आज स्विजरल्याण्डको दाभोसमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने यस पटकको सम्मेलनको मुख्य विषय ‘नयाँ परिस्थितिमा साझा मापदण्ड’ भन्ने रहेको छ। विश्वका एक सय वटा मुलुक तथा क्षेत्रबाट गएका लगभग दुई हजार पाँच सय जना दक्ष व्यक्तिहरुले नयाँ परिस्थितिमा विश्वको अर्थतन्त्रको नयाँ परिपाटी तथा अर्थतन्त्र संचालन गर्ने नयाँ नियमलाई खोज्दै छलफल गर्दैछन्।

                          थाहा भएअनुसार, विश्व अर्थतन्त्र मञ्चको मुख्यालय स्वीजरल्याण्डको जेनेभामा पर्दछ र यस गैरसरकारी संगठनको उद्देश्य विश्वको आर्थिक क्षेत्रमा विद्यमान समस्याको अध्ययन तथा अनुसन्धान, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा आदान प्रदानको प्रबर्द्धन गर्नु भन्ने रहेको छ।