गरिब




– भीम बहादुर बस्नेत
अर्घाखाँची,
 नेपाल
हाल दोहा कतार

—————————
गरिब  भनी  नगर  हेला
गरिब  हुनु  होइन  चाहना
माया गर भोको पेट भरी देऊ
आत्म देखी पाउने छौ सम्मान
******     *******    ******
अब्राहम लिंकन पनी गरिब थिए
भेदभाब  हटाई  भएका  महान
आफु  भित्रको  अहङ्कार  हटाई
आफुलाई बनाउँनु छ ज्ञानको मुहान
*******     ******     ********
जन्मँदा  कोही  हुँदैन  गरिब  धनी
यो समाजले किन बनाउँछ अ-समान
तँ  गरिब  तेरो  झुत्रो  कपडा भनी
सहनु  पर्छ यो समाजको  अपमान
********     *******    ********
मानिस मानिस एऊतै होइन र ?
काटे सबैको आउँछ रातो रगत
मन शुद्द बनाए पर्दैन थिर्थ गर्न
अनी  मात्र  बन्छ  सुगम  जगत
                                             

 १२ माघ २०६७