अफगानिस्तानको नयाँ चरणको सदन शुरु

अफगानिस्तानको नयाँ चरणको तल्लो सदन स्थानिय समय छब्बीस तारिखका दिनको दिउँसो शुरु भयो। अफगानिस्तानका राष्ट्रपति कार्जाइले संसदमा सम्बोधन गर्नुभयो। उहाँले अफगानिस्तानको शान्ति र समृद्धिका लागि संसद सदस्यहरुले प्रयास गर्न आह्वान पनि गर्नुभयो।

अफगानिस्तानको राजधानीको परिस्थिति चर्कँदै गएको छ। आज एक हजार जना प्रहरी र सैनिकहरुले सुरक्षा व्यवस्था कडा पारेका छन्।