भारतको झारखण्डमा सुरक्षा फौज र माओवादीबीच भएको भिडन्तमा नौ जना माओवादी कार्यकर्ता मारिएको सुरक्षा अधिकारीको दाबी

भारतको झारखण्ड राज्यको जंगलमा सुरक्षा फौज र माओवादीबीच भएको भिडन्तमा कम्तीमा नौ जना माओबादी मारिएको जानकारी त्यहाँको प्रहरीले दिएको छ। समाचारमा जनाइए अनुसार मारिने व्यक्ति माओबादीबाट टुक्रिएको एक छुट्टै समूहका हुन्। लातेहार जिल्लाको लोहुर जंगलमा भएको भिडन्त गएराति एक बजेदेखि विहानसम्म भएको प्रहरीले बताएको छ। बेतला राष्ट्रिय उद्यान अन्तर्गत पर्ने यो क्षेत्रमा माओबादीको बलियो पकड रहेको बताइन्छ। गत वर्ष यसै इलाकामा माओबादीहरुले यात्रुबाहक बस नियन्त्रणमा लिएका थिए। प्रहरीले लोहुरको जंगलमा माओबादी शिविर रहेको सूचना पाएपछि त्यहाँ आक्रमण गरेको बताइएको छ।

 

प्रहरीले शिविर रहेको क्षेत्रलाई चारै तर्फबाट घेरा हालेर आक्रमण गरेको सुरक्षा श्रोतले जनाएको  छ। प्रहरीले आक्रमणपछि शिवरबाट ठूलो मात्रामा हतियार बरामद गरेको दावी गरेको छ। प्रहरीका अनुसार कम्युनिष्ट पार्टी अफ इण्डिया (माओबादी) बाट टुक्रिएर बनेको बसन्त यादव नेतृत्वको समूह आक्रमणमा परेको हो। शिविरमा माओबादीको रातो झ48डाको सट्टा कालो झण्डा फहराएको भेटिएको प्रहरीले जनाएको छ।