हिसात्मक प्रर्दशन बढ्दै गएपछि इजिप्टका राष्ट्रपति मुबारकद्वारा सरकार विघटन, आफुले भने सत्ता नछाड्ने स्पष्टोक्ति

आफू विरुद्धको प्रदर्शन बढ्दै गएपछि इजिप्टका राष्ट्रपति होस्नि मुबारकले सरकार विघटन गरेका छन्। तर, आफू भने सत्ताबाट नहट्ने मुबारकले स्पष्ट पारेका छन्। इजिप्टको राजधानी कायरोलगायत देशब्यापी रुपमा मुबारकको राजिनामाको माग गर्दै फैलिएको विरोध प्रदर्शन अझ शशक्त बनेपछि मुबारकले सरकार भंग गरेका हुन्।

 

मंगलवारदेखि मुबारकको विरुद्ध इजिप्टमा देशब्यापी विरोध प्रदर्शन हुदै आएको छ।

 

मुबारकको राजिनामाको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीविच भएको भिडन्तमा अहिलेसम्म कम्तिमा २६ जनाको मृत्यु भैसकेको छ। अहिले पनि मुबारकको विरुद्ध कायरो , सूएज, अलेकजान्ड्रिया लगायत देशका प्रमुख शहरहरुमा दशौ हजार मानिसहरु प्रदर्शनमा उत्रिएका छन्। मुबारक लगभग ३० वर्षदेखि इजिप्टको सत्तामा रहदै आएका छन्।  मुबारकले आज नया मन्त्रिम48डलको घोषणा गर्ने बताइएको छ। 

 

इजिप्टबाशीहरु बढ्दो मूल्य बृद्धि, बेरोजगारी ,गरिवी र सरकारी भ्रष्ट्राचारका कारण मुबारक सरकारबाट दिक्क भएको राजनैतिक विष्लेषकहरु बताउदछन्। हालैका दिनहरुमा छिमेकी मुलुक ट्यूनिशियामा भएको सरकार विरोधी प्रदर्शनबाट इजिप्टबाशीहरु प्रभावित बनेको उनीहरुको ठहर छ।