गन्तब्य बिनाको यात्री



– भीम बहादुर बस्नेत
अर्घाखाँची,  नेपाल
हाल दोहा कतार

——————————-
गन्तब्य  बिनाको  यात्री  झैँ

हिंडीरहेछु गल्ली गल्ली भौतारी
आई पुगेछु यो मरुभूमिमा खोज्दै
थाकेको जिन्दगी बिसाउने चौतारी
******    *******     *******
महलमा  रमाउने  गरिन  कल्पना
पेट भरी खान खोजे त्यो पनी पुगेन
कस्तो थियो र यो मनको चाहना
जो  कहिल्यै  पुरा  हुन  सकेन
******   ******    ********
जहाँ  जान्छु  त्यहीं  दुख  पाउँछु
मेरो  गल्ती  भनौ  या  कर्मको खेल
सन्ततीको उज्यल भबिस्य चाहन्छु
तर मेरो जिन्दगीमा किन भो झेल
*******      *******    *******
मनका  रहरलाई  पोको  पारी
जिउनु रहेछ जिन्दगी आशुं पिएर
दुख र सुखलाइ मनको कुनामा थुपारी
बाच्नै  पर्ने  फाटेको  मन  सिएर

                                  १५ माघ २०६७