तनहुँ – प्राप्त समाचार अनुसार पोखराबाट डुम्रे जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको यात्रुबाहक बस घाँसीकुवा ५ घाँसीकुवा बजारमा आईतबार एक आपसमा ठोकिंदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।
ग ४ प ९४७१ नम्वरको मोटरसाइकलमा जाँदै गरेका स्याङ्जा १ दाङसिङका ४८ वर्षीय प्रेमराज लामिछानेको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३५ वर्षीय शिव लामिछाने गंम्भीर घाइते भएका छन् । खुट्टा, छाती र मुखमा चोट लागेका उनलाई थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ ।
तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोटरसाइकललाई ठक्कर दिने ना २ ख ८२५८ नम्बरको बस र चालक प्रहरी नियन्त्रणमा छन् ।