सन् दुई हजार एघारमा वेरोजगारीको दर छ दशमलव एक प्रतिशतले बढ्ने आइएलओको प्रतिवेदन

अन्तरराष्ट्रिय श्रम संगठन आइएलओका अनुसार यो वर्ष विश्वका छ दशमलव एक प्रतिशत मानिस बेरोजगार रहनेछन्। विश्वका धेरै मुलुकहरुमा आर्थिक बृद्धिदरमा देखिएको सुधारका संकेतका बाबजूद सन् दुई हजार एघारमा बीस करोड तीन लाख मानिसले कुनै पनि रोजगार नपाउने बताइएको छ। आइ एल ओले बेरोजगारी दरलाई कमी गर्नै नसकिएमा आगामी वर्षहरुमा यसले विकराल रुप लिनसक्ने चेतावनी पनि दिएको छ।

 

आइ एल ओको प्रतिवेदनमा बेरोजगारी दरलाई कम गर्न जतिसक्दो छिटो थप कदमहरु चाल्न विकशित मुलुकहरुलाई आग्रह गरिएको छ। आइ एल ओका अनुसार बेरोजगारी दरमा कमी नआएको अवस्थामा आगामी वर्षहरुमा यसले अन्य आर्थिक गतिविधीलाई प्रभावित पार्न सक्नेछ। यसले पुनः विश्वलाई पहिलेको जस्तै आर्थिक मन्दीको अवस्थामा ल्याउनसक्ने आइ एल ओको प्रतिवेदनमा उल्लेख छ। आइ एल ओको प्रतिवेदनमा घट्दो रोजगारीका कारण युवा वर्ग बढी प्रभावित हुनेछन्। बेरोजगारीका अवस्थाले कुनै पनि मुलुकको अर्थतन्त्रमा मात्र प्रभाव नपार्ने, यसले मुलुकको सामाजिक ब्यवस्थामा पनि नकारात्मक असर पार्ने आइ एल ओको प्रतिवेदनमा बताइएको छ। आइ एल ओका अनुसार गत वर्ष बीस करोड पाँच लाख मानिस बेरोजगार भएका थिए।

 

सन् दुई हजार नौमा पनि बेरोजगारी दरको संख्या लगभग सोही हाराहारीमा भएको आइ एल ओको प्रतिवेदनमा जनाइएको छ। आइ एल ओको प्रतिवेदनमा थप्रै मुलुकहरुमा आर्थिक विकास दरमा तिव्र गतिमा सुधार देखिएको भए पनि सन् दुई हजार दशमा बेरोजगारी दरमा सोचेजस्तो कमी ल्याउन नसकिएको भनिएको छ।