दक्षिण कोरियाको रक्षा मन्त्रालयले आज एक तारिखका दिन एक विज्ञप्ति जारी गर्दै दक्षिण र उत्तर कोरियाले यसै महिनाको आठ तारिखका दिन उच्च स्तरको सैनिक वार्ताअन्तर्गत तयारी बैठकको आयोजना गर्न स्वीकार गरेका छन्।
दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार यस बैठक पान्मुन्जोनको सैनिक क्षेत्रमा पर्ने “शान्ति गृह”मा आयोजना हुने भएको छ। दुबै पक्षका उच्च सैनिक पदाधिकारीले प्रतिनिधि-मण्डलको नेतृत्व गरी यस बैठकमा भाग लिनेछन्। यस बैठकमा दुबै पक्षले उच्च सैनिक वार्तासम्बन्धी विषयबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
दक्षिण कोरियाका राष्ट्रपति लि मिङ बाकले आज सोलमा बोल्दै उत्तर कोरियाले सदिच्छापूर्ण धारणा लिएमा दुबै पक्षबीचको वार्ता र छ-पक्षीय वार्ता सुचारु रुपमा आयोजना हुने बताउनुभएको छ।