इजिप्टका राष्ट्रपति होस्नि मुबारकले आगामी निर्वाचन नलड्ने प्रतिबद्धता व्यक्त गरे लगतै उनका समर्थक एवम विपक्षी प्रदर्शनकारी बिच भिडन्त, एक जनाको मृत्‍यु सयौ जना घाइते

 

 

इजिप्टका राष्ट्रपति होस्नि मुबारकले राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी निर्वाचन नलड्ने प्रतिबद्धता व्यक्त गरे लगतै उनका समर्थक एवम आफनो राजिनामाको माग गर्दै आएका विपक्षी प्रदर्शनकारी बिच विभिन्न भागमा भिडन्तहरु भएका छन भने ति भिडन्तहरुमा दुबै पक्षका गरी सयौ जना घाइते भएका र एक जनाको मृत्‍यु भएको अर्घाखाँचीडट्कमलाई प्राप्त भएको समाचारमा जनाइएको छ।

 

यसैगरी यस अघि आफनो राजिनामाको माग गर्दै भैरहेको प्रदर्शन अझ शशक्त बनेपछि इजिप्टका राष्ट्रपति होस्नि मुबारकले राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी निर्वाचन नलड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यद्यपी उनले आफ्नो कार्यकालसम्म भने आफू राष्ट्रपतिको रुपमा बसिरहने जनाएका छन्। मुबारकको कार्यकाल आगामी सेप्टेम्बर महिनामा समाप्त हुदैछ। सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मुबारकले विपक्षी राजनितिज्ञहरुको आलोचना गरेका छन्।

 

उनले विपक्षी राजनितिज्ञहरुले आम नागरिकको प्रदर्शनलाइ हिंस्रक बनाउनका लागि प्रोत्साहित गरेको आरोप लगाएका छन्। मुबारकले समबोधनका क्रममा आर्थिक सुधारको लागि आफू अग्रसर रहने पनि बताएका छन्। इजिप्टमा मुबारकको विरुद्धमा गत मंगलवारदेखिको प्रदर्शनका क्रममा करिव २ सय जनाको मृत्यु भैसकेको छ।

 

बढ्दो गरिवी, भ्रष्ट्राचार, बेरोजगारी र मूल्य बृद्धि जस्ता कारणहरुले मुबारकको सरकार आम नागरिकको लागि अलोकप्रिय बन्दै गएकोले उनीविरुद्ध प्रदर्शन भएको विष्लेषकहरुको ठहर छ। यसैविच अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टमा अहिले नै परिवर्तनको खाँचो रहेको हुनाले मुबारकले जनचाहनाको कदर गर्नुपर्न बताएका छन्।