तत्काल पद त्यागे देश अस्तव्यस्त हुने इजिप्टका राष्ट्रपति होस्नी मुबारकको भनाइ, विपक्षीहरुको प्रदर्शन भने जारी


 

इजिप्टका राष्ट्रपति होस्नी मुबारकले आफु तत्काल पदत्याग गर्ने मनसायमा रहेको भएपनि त्यसो गरिए देश अस्तव्यस्त र थप संकटको भुमरीमा फस्न सक्ने बताएका छन्।

 

राष्ट्रपतिको राजिनामा माग गर्दै भएको विरोध प्रदर्शन पछि दिएको पहिलो अर्न्तवार्तामा मुबारकले आफु सत्ताबाट दिक्क भएको पनि बताए।

 

त्यसैगरी राष्ट्रपति राजिनामाको माग गर्दै प्रदर्शन गरिरहेका विपक्षी र समर्थकबीच राजधानी कायरोमा चोकमा हिसांत्मक झडप भएको छ। राष्ट्रपति मुबारकले विपक्षी इस्लामिक दल ब्रदरहुडले सत्ताको रिक्तता पुर्ति गर्न सक्ने भए आफुले राजिनामा दिने शर्त अघि सारेका छन्। त्यसैगरी इजिप्टका स्वास्थ्य मन्त्री अहमेद सामिह फरिदले राष्ट्रपतिको राजिनामा माग राखि प्रदर्शन जारी राखेका छन्।