थाइ सेना र कम्बोडियाली सेनाबीच पुनः सशस्त्र भिडन्त्र उत्पन्न

कम्बोडिया र थाइल्याण्ड दुवै मुलुकका सेनाबीच पाँच तारिख बिहान सीमामा पर्ने प्रिह भिहेर क्षेत्रमा फेरि सशस्त्र भिडन्त उत्पन्न भएको छ। थाइ स्थल सेनाका प्रवक्ता सानसर्न काएउ कान्मर्डले उक्त भिडन्तबाट एकजना थाइ जवानको मृत्यु हुनुका साथै चारजना घाइते भएका कुरालाई साबित गर्नुभएको छ।

           हाल थाइल्याण्ड र कम्बोडिया दुई मुलुकका सैनिक पक्षले नयाँ भिडन्त उत्पन्न हुन नदिने उपाय पत्ता लगाउनका लागि आपसमा सम्पर्क गर्न थालिसकेको कुराको जानकारी श्री काएउ कान्मर्डले दिनुभयो।

          चार तारिखका दिन थाइ सेना र कम्बोडियाली सेनाबीच उक्त प्रिह भिहेर क्षेत्रमा भएको सशस्त्र भिडन्तपछि मच्चिएको अर्को यो गोली काण्ड हो।

           कम्बोडियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ- कम्बोडियाले शान्तिपूर्ण ढङ्गद्बारा थाइल्याण्डसित सीमा विवादको समाधान गर्ने सदिच्छा लिएको छ तर यसका साथै आफ्नो राष्ट्रिय सार्वभौमिकता र प्रादेक्षिक अक्षुण्णताको संरक्षण गर्ने अधिकार सुरक्षित राखि रहनेछ।