फेब्रअरी चारदेखि सात तारिखसम्म थाइल्याण्ड तथा कम्बोडिया दुवै देशका सेनाबीच सीमासम्बन्धी विवादग्रस्त क्षेत्रमा चार पटक सशस्त्र भिडन्त भएको छ। दुवै सेनाले आमघातक हात-हतियारको प्रयोग गरेकाले दुवै पक्षका निकै हताहत भएका छन्।
कम्बोडियाका प्रधानमन्त्री हुङ्ग सेनले हिजो राति संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का वर्तमान अध्यक्ष मारिया लुइजालाई संदेश पठाउँदै कम्बोडिया तथा थाइल्याण्डबीच दिनप्रति दिन बिग्रंदैगएको अवस्थामा ध्यान दिन माँग प्रस्तुत गर्नुभयो।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजै आफ्नो प्रवक्तामार्फत एउटा बक्तव्य प्रकाशित गरी हाल कम्बोडिया तथा थाइल्याण्ड दुवै देशको सीमा क्षेत्रमा भिडन्त भएकाले मानिस हताहत भएको कुराको निकै ख्याल-विचार गर्नुका साथै धैर्य र संयम राखी प्रभावकारी कदममार्फत शत्रुतापूर्ण अवस्थाको अन्त्य गर्न कम्बोडिया र थाइल्याण्डलाई पनि आव्हान गर्नुभयो।