राजेन्द्र जिसी ,
सन्धिखर्क ६ हललाइन अर्घाखाँची
हाल:दुबई – यूएई
गरीब भै जन्म लिनु रै’छ ठुलो भुल
छाडी आउँनु पर्यो मलाई पिरतीको फुल।
हो..हो…..पिरतीको फुल
म्युजिक…………………
मगमगाउँने वास्ना थियो थियो सुन्दर रङ्ग
साईनो गाँसे अजम्वरी खसम उसै सङ्ग।
के दिन्थ्यो र विध्दाताले संगै संगै जिऊन
भाग्य लाई दोषी ठानी पर्यो आँसु पिऊन।
गरीव भै……………….
ममताको फुलवारीमा खडेरीको वास बसाई
छुट्टिएर टाढा-टाढा एक्लै बस्नु पर्यो मलाई।
शिषिरले हिउँ झार्यो दिलको मेरो आँगनीमा
कस्तो खेल खेल्दो रै’छ दैवले नि जिन्दगिमा।
गरीव भै………………….
मिलन हुने खुशी बोकी त्यो दिन कहिले आऊँला
उदास् मेरो जिन्दगिमा वहार कहिले छाऊँला।
डर लाग्छ सुनामीले रोक्ने होकी बाटो छेकी
मुटु साट्ने सपना मेरो अधुरो नै हुने होकी।
गरीव भै जन्म लिनु रै’छ ठुलो भुल
छाडी आउँनु पर्यो मलाई पिरतीको फुल।
हो..हो…..पिरतीको फुल