अर्घाखाँचीमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी बसन्तपञ्चमी मनाइयो

[img20100120090840.jpg]

तस्बिर: अर्घाखाँचीडट्कम/फाइल

 

 सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी बसन्तपञ्चमी मनाइएको छ। श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा अर्घाखाँचीका ४२ वटै गाबिसहरुका स्कूल, क्याम्पमा पनि पूजा, अर्चना, प्रार्थना गरि धुमधामले मनाईएको जिल्लाका बिभिन्न गाबिस, वार्ड एवम गाउँहरुबाट अर्घाखाँचीडट्कमलाई पठाइएको प्राप्त खबरमा उल्लेख गरिएको छ ।

 


[img20100120091340.jpg]

तस्बिर: अर्घाखाँचीडट्कम/फाइल

 

यसैगरी बसन्तपञ्चमीको दिन देखि ऋतुहरुका राजा बसन्तऋतु सुरु हुने भएकाले बसन्त श्रवण गरिन्छ। चन्द्रमा जस्तो गोरो वर्ण भएको तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरुले भारती, शारदा, हंसवाहिनी, जगतमाता, वागेश्वरी, कौमारी, बरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ

अन्य समाचारहरु