यौन दुराचार र बलात्कारको आरोप लागेका चर्चित वेभसाइट विकिलिक्सका संस्थापक जुलियन असाञ्ज सोमबार पुनः लण्डन अदालतमा उपस्थित भएका छन्।
स्वीडेनमा लागेको यौन दुराचार सम्बन्धी आरोपलाई लिएर उनलाई स्वीडेन सुपुर्दगी गर्ने या नगर्ने भन्ने विषयमा शुरु भएको सुनुवाइमा सहभागी हुन उनी अदालतमा उपस्थित भएका हुन्।