गत नोभेम्बरमा चार जना दक्षिण कोरियाली नागरिक मारिने गरी उत्तर कोरियाले गरेको गोलाबारी पछि तनाबपुर्ण सम्बन्ध रहेका कोरियाली राष्ट्रबीच पहिलो पटक आज सैन्य वार्ता भएको छ।
सिमावर्ती गाउँ पान्मूजोममा उच्च स्तरिय वार्ताका लागि आवस्यक तयारी, मिति र एजे48डा तय गर्न दुइ राष्ट्रका सैनिक अधिकारी बीच प्रारम्भिक वार्ता भैरहेको जानकारी दक्षिण कोरियाली सञ्चार माध्यमहरुले दिएका छन्। गत वर्षको मार्च महिनामा उत्तर कोरियाले दक्षिण कोरियाली युद्धपोत जहाज आक्रमणमा छयालिस जना दक्षिण कोरियाली सैनिक मारिए पछि दुइ देश बीचको तनाब उच्च विन्दूमा पुगेको थियो।
सोलले सो युद्धपोत जहाज आक्रमणमा उत्तर कोरियाको हात रहेको आरोप लगाए पनि प्योङ्याङ्गले युद्धपोत जहाज आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ। आजको वार्ता दुइ राष्ट्रका महासेनानीहरु बीच भएको बताइएको छ। सैनिक अधिकारी बीच हुने आजको वार्ताले रक्षा मन्त्रीहरु बीच हुने आगामी वार्ताका लागि मिति र एजे48डा तय गर्ने छ।