अर्घाखाँचीको केरुङगा देउराली नजिक निर्माण गरिएको सित्तल पार्टीको पूजापाठ गरी उदघाटन

– दिनेश भुसाल


अखाँटा डेस्क) बल्कोट केरुगां – अर्घाखाँचीको केरुङगा गाविस वार्ड नम्बर ७ कोल्दी देउराली नजिक निर्माण गरिएको सित्तल पार्टीको आज बिभिन्न पूजापाठ गरी उदघाटन गरिएको छ।


सो सित्तल पाटी अर्घाखाँची केरुङगा ९ निवासी स्वर्गिय घनश्याम भुसाल र माता स्वर्गिय तुलसा देवी भुसाल र स्वर्गिय बहिनी इन्दिरा पोख्रेलको सम्झनामा उहाका छोरा तथा दाजुले निर्माण गरेका हुन।


सो सित्तल पाटी सुपा देउराली मन्दिरको नजिक भएकाले मन्दिरमा आउने जाने भत्तजनका लागि बस्नको लागि राम्रो प्रबन्ध छ।


सो सितल पाटी नजिकै खुल्ला समथर पार्क भएकोले जिल्लाका अन्य गाविस तथा छिमेकी जिल्ला लगायत बिभिन्न स्थानका संघ-सस्था बनभोज जाने गर्दछन।


सितल पाटी निर्माणमा मृतक भुसाल परिवारका जेठा छोरा रिखीराम भुसाल,माइलो छोरा जिवलाल भुसाल,साइला छोरा भुवन भुसाल,काइला छोरा चिन्तामणी भुसाल,कान्छा छोरा खिमान्नद भुसाल तथा स-परिवार मिलेर निर्माण गरेको सो पाटीको आज धार्मिक मान्यताका आधारमा पूजा पाठ गरी आजका दिन देखी सर्वसाधारणको प्रायोजनका लागि खुल्ला गरिएको स्वर्गिय घनश्याम भुसालका नाती बद्री भुसाल र लाल मणी भुसालले अर्घाखाँची डट्कम् लाई जानकारी दिएका छन।

 

अन्य समाचारहरु