अर्घाखाँचीका ग्रामिण क्षेत्रका किसानहरु कफी खेतीतर्फ आकर्षित

– प्रेमनारायण आचार्य


अखाँटा-डेस्क) सन्धिखर्क २७ माघ – अर्घाखाँची जिल्लाका अधिकांस  गाविसका किसानहरु कफी खेतीतर्फ आकर्षित भएका छन्। कफी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि अर्घाखाँचीका ग्रामिण क्षेत्रका किसानहरु कफी खेतीतर्फ आकर्षित भएका हुन् ।


स्वदेशमै बसेर पनि राम्रो आम्दानीका लागि व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण गाउका  बासिन्दाले कफी खेती गरेर देखाएका छन् ।


जिल्लाका किमडाडा अर्घा धारापानी ढिकुरा वांगला सन्धिखर्क खाँचीकोट लगायतका गाविसमा सयभन्दा बढी किसानले कफी खेतीबाट राम्रो आम्दानी लिन सफल भएको किमडाडाका कफि कृषक पुस्कर बन्जाडेले बताउनु  बताउनुभयो।


त्यस्तै किमडाडाका कृषक चन्द्रप्रसाद बन्जाडेले आफ्नो खेर गइरहेको पाखोबारीमा कफी खेती गरेर अहिले मनग्य आम्दानी गर्नुभएको छ । गएको वर्षको तुलनामा यो वर्ष कफी उत्पादनमा पनि बढी भएको उहाँले बताउनुभयो।


कफी खेतीमा लागेका किसानले एकजनाले १ सयदेखि १ हजारसम्म कफीका बिरुवा रोपेका छन्।


जिल्लामा उत्पादन भएको कफी अहिले विदेशमा पनि निर्यात हुन थालेको कफि ब्यबसायी संघले बताएको छ।

 








अन्य समाचारहरु