पाकिस्तानको मरदान शहरस्थित एक सैन्य भर्ती केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा बीस सैनिकको मृत्यु, दर्जनौं घाइते


 

उत्तर पश्चिम पाकिस्तानको मरदान शहरस्थित सैन्य भर्ति केन्द्रमा गराइएको आत्मघाति बम विस्फोटनमा परी कम्तीमा बीस जना सैनिकको मृत्यु हुनाका साथै दर्जनौ घाइते भएका छन्।

 

विद्यालयको पोशाकमा आएको एक आत्मघाति आक्रमणकारीले मरदान शहर स्थित सैनिक अखडामा बम आक्रमण गरेको पाकिस्तानी प्रहरी श्रोतले पुष्टि गरेको छ। प्रत्यक्षदर्शीहरुका अनुसार विहान अयोजित सैन्य प्रशिक्षणमा सहभागी सैनिक जवानलाई लक्षित गरी सो आक्रमण भएको बताइएको छ। पाकिस्तानमा सक्रिय तालिबान लडाकूले यस अघि पनि सो क्षेत्रका सैनिक अखडा माथि त्यस प्रकारका आक्रमण गर्ने गरेको थियो। यद्यपी हाल गरिएको आत्मघाति आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

 

प्रधानमन्त्री युुसुफ राजा गिलानीले पञ्जाब सैन्य अखडामा गराइएको बम विस्फोटको भर्त्सना गर्दै सो कायर आक्रमणबाट सुरक्षाकर्मीको मनोबल नघट्ने बताएका छन्। सन् दुइ हजार छमा सोहि भर्ती केन्द्रमा गराइएको आत्मघाति विस्फोटनमा परी बीस जना सैनिक जवानको मृत्यु भएको थियो।