-उमाकान्त पाण्डे गाउले
अखाँटा- यूएई डेस्क) – विश्वले २१ औ शताब्दीमा फन्को मारिरहेको यो जमानामा छोरीको चाहना विपरितको पुरुष सँग विवाह गराइदिन आफ्नै बाबा आमा लागेको एक रहस्य खुलेको छ।
अर्घाखाँचीको केरुङगा वार्ड नम्बर ४ मथुरडाडाकी २० वर्षिय अमृता भुसाल (नाम परिवर्तन) को आफ्नै जन्मदिने बुवा-आमाले आफ्नो चाहना विपरित जबर्जस्ती विवाह गराइदिन लागेको रहस्य खुलेको हो।
आफ्नो पढाई पुरा गरी आफ्नै रोजाइको पुरुष सँग बुवा-आमा एवम परिवारको सहमतीमा विवाह गर्ने अडान लिएकी अमृता लाई अहिले उनकै बुवा बिष्णु भुसाल तथा दाजु छबी भुसालले घरमै बन्दी जस्तै बनाइ राखेको उनका छिमेकी ले अर्घाखाँची टाईम्स लाई जानकारी गराए पछी यस्तो पिडादायक तथ्य सार्वजनिक भएको हो।
अमृताले आफ्नो जिन्दगीका लागि योग्य पुरुष आँफै रोजिसकेको र उस्लाई धोका दिन नसक्ने भनेपछी अहिले उन्का परिवारले उन्लाई घरमै बन्देज बनाएका हुन।
उता अर्घाखाँची टाईम्सको यूएई डेस्कमा प्राप्त जानकारी अनुसार आफ्नी प्रेमिकाको आउदो सोमबार जबर्जस्ती विवाह गराइदिन लागेको छिमेकी मार्फत सुने पछी अमृताका प्रेमी अर्घाखाँची वाग्लाका अजय पाण्डे(नाम परिवर्तन) सम्युत्त अरब एमिरेट्स यूएईमा बेहोस भए पछी उपचारर्थ लेबनानी अस्पातल आबुधाबीमा उपचार गराउदै गरेको र उन्को स्थिती अहिले सम्म बेहोशी मै रहेको थाहा भएको छ। आफ्नी प्रेमिकाको जबर्जस्ती विवाह गराइदिन लागेको फोन मार्फत थाहा पाएका अजय खबर कानमा पर्दा देखी बाट बेहोश भएको प्रत्यक्ष दर्शी अर्घाखाँची बल्कोटका कृष्ण प्रशाद खनालले जनाए।
अमृता र अजय(दुबै नाम परिवर्तन)को लामो समय देखी प्रेम सम्बन्ध रहेकोले अमृताले अजय लाई धोका दिन नसक्ने र अन्य सँग आफुले जिन्दगी नबिताउने जनाए पछी उन्लाई परिवारले जबर्जस्ती विवाह गराइदिन लागेका हुन। आफ्नी प्रेमिकाको जबर्जस्ती विवाह गराइदिन आटेको थाहा पाएका अजय भने खबर सुने लग्गतै बेहोश मै छन। उता अर्घाखाँचीमा रहेकी अमृता लाई उनका परिवार द्वारा बाहिर निस्केमा खुट्टा भाची दिने भन्दै बाबु तथा दाजु मिली बन्देज बनाइ सुचनाका सबै स्रोत बाट बन्चित बनाएका छन। छिमेकी मार्फत आफ्नो सहयोगका लागि जुटिदिन आग्रह गर्दै यो खबर लाई सक्दो छिट्टो महिला तथा मानव अधिकार सम्बन्ध सम्बन्धित निकाय सम्म पुराएर आफ्नो उद्दार गर्न पीडित अमृताले आग्रह गरेकी छन।
हामीलाई प्राप्त जानकारी अनुसार अमृता को परिवार द्वारा जबर्जस्ती रुपमा आउदो सोमबार अर्घाखाँची कै ठुलापोखरा-किसानका एक युवा सँग बैबाहिक सम्बन्ध गासिदिन लागेको थाहा हुन आएको छ।