नयाँ नेतृत्व चयन गर्दै अखिल छैठौँको सम्मेलन सम्पन्न


 

 

– शोभाखर पन्थी

 

माघ २९, अर्घाखाँची – नयाँ नेतृत्वको चयन गर्दै अखिल छैठौँ अर्घाखाँचीको १९ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कुलराज खनालको अध्यक्षतामा ३९ सदस्सीय जिल्लाकमिटिको चयन गरेको छ ।

 

नव गठीत समितिको उपाध्यक्षमा ईश्वरी जि सि सचिव ठाकुर पन्थी सह-सचिव रेशम बिक र कोषाध्यक्षमा गोपाल प्रसाद भट्टराई रहनु भएको छ । सम्मेलनले इन्द्रमणि भुसाल संयोजक रहेको ७ सदस्सीय सल्लाहाकार समिति समेत निर्माण गरेको छ ।

 

सम्मेलन समापनको अवसरमा मन्तव्य राख्दै अनेरास्वियु छैठौँका महासचिव अनिल किशोर घिमिरेले विद्यार्थीका अधिकार प्रति राज्य उदासिन भएको बताए ।

 

उनले अहिलेको शिक्षा नीति विपन्न तथा गरीव परिवारको लागि बाधक बनेको आरोप लगाउँदै शिक्षामा भएको व्यापारिकरण बन्द गरिनु पर्नेमा जोड दिए । विद्यार्थी नेता घिमिरेले संघियताका कारण मुलुक विखण्डन हुन सक्नॆ खतरा बढेको भन्दै संघियताको खारेजी नभए आन्दोलनको आँधीबेहरी उठाउने चेतावनि समेत दिए ।

 






अन्य समाचारहरु