इजिप्टका राष्ट्रपति होस्नी मुबारकद्बारा पद त्याग, ३० बर्षे शासनको अन्त्य



 

अर्घाखाँचीडट्कम:- निरन्तर सत्र दिनको आन्दोलनपछि इजिप्टेली जनताले जित हासिल गरेका छन्। मुबारक ३० बर्षे शासनको अन्त्य भएको छ। 

 

शुक्रबार एक्कासि राष्ट्रपति होस्नी मुबारकले राजीनामा दिएको घोषणा गरेपछि राजधानी कायरो, प्रमुख सहर एलेक्जेन्डेरिया र अन्य प्रमुख सहरमा हर्षोल्लास छाएको छ।

 

शुक्रबार साँझ राष्ट्रपति होस्नी मुबारकले पद त्याग गरेको घोषणा त्यहाँका उपराष्ट्रपति सुलेमानले राष्ट्रिय टेलिभिजनमार्फत् गरेका थिए। विगत तीस वर्षदेखि सत्ता सम्हाल्दै आएका राष्ट्रपति मुबारकले पद त्याग गरेको घोषणासँगै इजिप्टेली जनताले आफूहरुको जित भएको भन्दै खुसियाली मनाइरहेका छन्। बिहीबारमात्र राष्ट्रपति मुबारकले अन्तर्राष्ट्रिय दबाब अगाडि आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका थिए। राष्ट्रपति यो घोषणापछि प्रदर्शनकारी थप आक्रोशित बनेका थिए भने राष्ट्रपतिको सम्बोधनलाई जुत्ता देखाएर विरोध प्रदर्शन समेत गरेका थिए।

 

इजिप्टको संविधानमा राष्ट्रपति नरहेको बेला सभामुखले तत्कालका लागि सत्ता सम्हाल्ने प्रावधान रहेको छ। यद्यपि, अहिले राजधानी कायरो लगायत इजिप्टका प्रमुख सहरहरुमा सेनाले कडा सुरक्षा दिइरहेको छ।

 

यसैबीच राष्ट्रपति मुबारकको राजीनामालाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेका छन्।

 

 

 





 

इजिप्टका राष्ट्रपति होस्नी मुबारकले पद त्याग गरेका छन । उपराष्ट्रपति ओमार सुलेम्यानले राष्ट्रको नाममा सम्बोधन गर्दै मुबारकले राष्ट्रपति पदबाट राजिनामा दिई तत्कालको लागि राष्ट्रपतिको कार्यभार सैन्य परिषद  समाल्ने घोषणा गरेका छन ।
 

मुबारक ३० बर्षे शासनको अन्त्य भएको छ।  मुबारकले राष्ट्रपति पदबाट राजिनामा दिएपछि इजिप्टभर खुशीयाली छाएको छ । मुबारकले दिएको राजिनामाको अन्तरराष्ट्रिय समुदायले स्वागत गरेको छ। 

 

तीन दशक शासन गरिसकेका मुबारकले अझै शासन लम्ब्याउने आशंका बढेपछि उनलाई हटाउन देशव्यापी प्रदर्शनमा उत्रिएका थिए।  

 

 

 

यस अघि राष्ट्रपति मुबारकले  सेप्टेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनसम्म आफुले सत्ता नछाड्ने अडान लिएका थिए। सेप्टेम्बरको निर्वाचनमा आफु प्रतिश्पर्धा नगर्ने पुनः स्पष्ट पार्दै उनले निर्वाचनबाट चयन हुने नयाँ राष्ट्रपतिलाइ मात्र सम्पुर्ण अधिकार हस्तान्त्ररण गर्ने बताएका थिए। प्रारम्भिक खबरमा राष्ट्रपतिले राष्ट्रको नाममा गर्ने सम्बोधनमार्फत उपराष्ट्रपतिलाइ सत्ता हस्तान्त्ररण गर्ने तयारी गरिरहेको बताइएको थियो।

 

मुबारकको राजिनामा माग राख्दै सत्रौ दिन सम्म सडक प्रदर्शन जारी राखेका प्रर्दशनकारीलाइ मुबारकको पछिल्लो सम्बोधनले क्रुद्ध र निराश तुल्याएको थियो । ताहर्रिर चोकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले मुबारकको सम्बोधन पछि जुत्ता देखाएर विरोध प्रकट गरेका थिए। ताहर्रिर चोकमा रहदै आएका हजारौ प्रदर्शनकारीहरुले मुबारकले तत्काल राजिनामा दिनु पर्ने माग राख्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। गत जनवरी पच्चिस देखि सुरु भएको मुबारक विरोधी प्रदर्शन यता राष्ट्रपति मुबारकले विहीवार तेस्रो पटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए।

 

यद्यपी राजधानी कायरोमा रहेका मानवअधिकारवादी संघ संस्थाहरुले हालसम्मको प्रदर्शनका क्रममा मृत्यु

भईसकेको छ। बढ्दो गरिवी, बेरोजगारी र मूल्य बृद्धिका कारण दिक्क बनेका इजिप्टका नागरिक मुबारक शासन विरुद्ध सडकमा उत्रिएका थिए।