यसैबीच ,संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले न्यूयोर्कमा रहेको मुख्यालयमा बोल्दै इजिप्टको अन्तरिम सरकारले नागरिकलाई न्याय हुनेगरी कार्य गर्न र भविष्यको उचित कार्य-दिशाको तर्जुमा गर्न अनुरोध गर्नुभएको छ।
यूरोपेली परिषदको स्थायी अध्यक्ष हेर्मान भान रोम्फइ, यूरोपेली समितिका अध्यक्ष बार्रोसो, यूरोपेली कूटनैतिक र सुरक्षा नीतिको उच्च प्रतिनिधि आशटोनले संयुक्त रुपमा एउटा वक्तव्य प्रकाशित गरी स्थानीय शान्ति र स्थिरता कामय राख्नु निकै महत्वपूर्ण भएको कुरामा जोड दिनुका साथै यूरोपेली संघले इजिप्टलाई जुनसुकै सहायता प्रदान गर्न सक्ने कुरा व्यक्त गर्नुभएको छ।
त्यसैगरी अमेरिकी राष्ट्रपति ओबामाले अमेरिका निरन्तर रुपमा इजिप्टको ” मित्र र साझेदार” बनेर सबै आवश्यक मद्दत प्रदान गर्न सक्ने वचन दिनुभएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता मा छाउ स्यूले आजै बाह्र तारिखका दिन पत्रकारबाट सोधिएको एक प्रश्नको जवाफ दिंदै ,चीनले सधैं नै इजिप्टको परिस्थितिको विकसित परिवर्तनमाथि नजर पुर्याउँदै आएको र त्यहाँको परिस्थितिको नयाँ विकासबाट इजिप्टमा अविलम्ब स्थिरता र सुशासनको पुनर्स्थापना हुने आशा लिएको बताउनुभयो।
तिनको अतिरिक्त फ्रान्सेली राष्ट्रपति भवन, जोर्डन, क्यानडा, लेबनान आदि मुलुकहरुले इजिप्टको परिस्थितिप्रति प्रतिक्रिया जनाएका छन्।