मुबारकको राजीनामापछि इजिप्टमा हर्षोल्लास जारी, सेनाले शासनसत्ता नागरिकमा हस्तान्तरण गर्नुपर्ने माग


 

– तीन दशकदेखि इजिप्टको एकछत्र राज गरेका राष्ट्रपति होस्नी मुबारकलाई झण्डै तीनसाताको प्रदर्शनपछि हटाउन सफल मानिसहरुले राजधानी कायरोमा ठूलो हर्ष मनाएका छन्।


इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले शुक्रबार राती सत्ता छाडेपछि खासगरी कायरोको तहरीर स्क्वायर क्षेत्रमा मानिसहरुले खुशीयाली मनाएका छन्।

मुबारकले छाडेपछि रक्षा मन्त्रीले नेतृत्व गरेको सैन्य फौजको उच्च कमाण्डले शासनको बाग्डोर सम्हालेको छ।


उत्सव



शुक्रबार रातीदेखिनै कायरोको तहरीर स्क्वायर क्षेत्रमा भव्य खुशीको वातावरण छाएको थियो।


नाचगान, आतिशबाजी गर्नुका साथै मानिसहरुले आफ्ना गाडिका हर्नहरु बजाएर राजनीतिक परिवर्तनको स्वागत गरेका थिए।


शनिबार बिहानदेखि विस्तारै मानिसहरु त्यहाँबाट फर्कन थाले। आफ्ना झोला टुम्बा र उक्त क्षेत्रमा स्थापित पालहरु उनीहरुले झिके।


एउटा उत्सवकै वातावरणमा उनीहरुले स्क्वायरका फोहरहरु सफा गरेका थिए।


तर पनि त्यहाँ अझै केही प्रदर्शनकारीहरुले खुशीयालीपूर्ण नाराबाजी गर्न छाडेका थिएनन्।


उक्त स्क्वायरको केही ठाउँहरुमा कतिपय प्रदर्शनकारीहरुले अझै आफ्नो संघर्ष नसिद्धिएको भन्दै सेनाले शासनसत्ता नागरिकमा हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका छन्।


एकजना प्रदर्शनकारीले भने,