-शोभाखर पन्थी
सन्धिखर्क फाल्गुन १ । – एकिकृत नेकपा माओवादी अर्घाखाँचीले १६ औँ जनयुद्ध दिवसको अवसर पारी आज सदरमुकाम सन्धिखर्कमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै माओवादी केन्द्रीय सल्लाहकार राजु नेपालीले ७ बुँदे सहमती अक्षरस पालना गरेर अगाडी बढ्न एमालेलाई आग्रह गरे ।
माओवादी जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वल र जिल्ला सेक्रेटरी ठाकुर कुमार बि.सी. ले जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई संस्थागत गरि शान्ती र संविधान निर्माणमा लाग्न सबै पक्षलाई आग्रह गरेका छन् ।
जनयुद्ध दिवसको अवसर पारी आज माओवादीले जिल्लाका सबै गाविसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्नुका साथै माओवादी कार्यक्रताहरुले मिठाई वितरण गरि अविर लगाएर आपसमा खुसीयाली बाडेका थिए।
माओवादीले अहिले सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका व्यापारीक केन्द्रहरुमा दिप प्रज्ज्वलन समेत गरेको छ ।