अर्घाखाँचीमा पर्यटन भित्रयाउने एउटा कार्यक्रम पनि भएनन/सम्बन्धित निकाय पर्यटक भित्रयाउने लक्ष्यमा मौन


 

-प्रेमनारायण आचार्य

अर्घाखाँची २ फागुन  । नेपालमा आय आर्जनको राम्रो स्रोत बनेको पर्यटन ब्यबसायलाई बढवा दिने र नेपालको प्रचार प्रसार अन्तराष्टिय जगत सम्म पुयाउने उदेश्यका साथ पर्यटन बर्षसन् २००११ शुरु भएको छ ।


देश भर पर्यटक भित्रयाउन बिभिन्न कार्यक्रम भैरहेका छन् । १ बर्षा १० लाख पर्यटक भित्रयाउनका लागि बिभिन्न संघ सस्था , आमा समूह , नागरिक समाज लगायतका समूहहरु मरि मेटेर लागेका छन यधपी पर्यटकिय महत्व बोकेको लुम्बिनी अंचल पहाडी जिल्ला अर्घाखाँचीमा कहि कतैवाट पर्यटक भित्रयाउने कार्यक्रम हुन सकेका छैनन् ।

 


 

पर्यटक भित्रयाउन त्यस्तो औपचारिक एउटा कार्यक्रम पनि जिल्लामा हुन नसकेको उद्योग वाणिज्य संघका सचिब नेत्रप्रसाद भुसालले बताए । उहाका अनुसार उद्योग वाणिज्य संघले पर्यटक भित्रयाउन आफुहरुको पहल भएको र निकट भबिश्यमै लुबिनीमा आएका पर्यटक अर्घाखाँचीमा भित्रयाउने पहल गर्न शुर गरिएको जानकारी दिए ।
 

जिल्लामा अर्घाभगवती मन्दिर,नरपानी,सुपा देउराली मन्दिर,पाणिनि तपोभूमि,बलकोटको पौवा,परशुरामेशवर मन्दिर, दुर्गाबागेश्वर गुफा,ठाडाको डम्मरु दह,सन्धिखर्कको शान्ति बगैचा,मथुराबेसी धाम,छत्र महाराजको मन्दिर र मालारानी लगायतका दर्जनौ स्थानमा ब्यापक प्रचार प्रसार र सरोकारवालाले पहल गरेमा हजारौ पर्यर्टक भित्रयाउन सकिन्छ।




पर्यटकिय दृष्टिले महत्वपर्ुण्ा स्थानको प्रचार प्रसार गरेर जिल्लामा पर्यटक भित्रयाएर लाखौ मुद्रा आर्जन गर्न सकिनछ । तर यसको लागि जिल्लाका सरकारि कार्यलयका प्रमुख तथा कर्मचारी, जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यलयका ब्यक्तिहरु , आमा समूह ,उद्योग बाणिज्य संघ , कसैले पनि ध्यान दिएका छैनन् ।

प्रचार प्रसारको अभाबमा जिल्लाका अर्घाभगवती मन्दिर,नरपानी,सुपा देउराली मन्दिर,पाणिनि तपोभूमि,बलकोटको पौवा,परशुरामेशवर मन्दिर, दुर्गाबागेश्वर गुफा,ठाडाको डम्मरु दह,सन्धिखर्कको शान्ति बगैचा,मथुराबेसी धाम,छत्र महाराजको मन्दिर र मालारानी लगायतका दर्जनौ स्थान ओझेलमा परेका छन् ।


ब्यापक प्रचार प्रसार र सम्बनिधत निकाय अग्रसर भएर लाग्ने हो भने जिल्लाका पर्यटकीय स्थानमा लाखौ पर्यटक भित्रयाउन सकिन्थ्यो ।




अन्य समाचारहरु